फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गत सिएटल स्टेडियममा भइरहेको खेलमा बेल्जियमले अमेरिकाविरुद्ध १-० को अग्रता बनाएको छ। खेलको नवौं मिनेटमा चार्ल्स डी केटलेरेले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका हुन्।
लुकेबाकियोले ट्रोसार्डलाई उत्कृष्ट पास दिएका थिए। ट्रोसार्डको क्रस ब्लक भए पनि उनले पुनः बल खोसेर निकोलस रास्किनलाई दिएका थिए। रास्किनले अमेरिकी डिफेन्सलाई चिर्दै गोलपोस्टतर्फ सनसनीपूर्ण पास दिएका थिए, जसमा डी केटलेरेले सजिलै बललाई जाली चुमाएका हुन्।
यो डी केटलेरेको सातौं अन्तर्राष्ट्रिय गोल हो। यसअघि मार्चमा एटलान्टामा भएको खेलमा पनि उनले अमेरिकाविरुद्ध गोल गरेका थिए, जसमा बेल्जियम ५-२ ले विजयी भएको थियो। हाल खेलको पहिलो हाफ चलिरहेको छ।
प्रकाशित: २३ असार २०८३ ०६:११ मंगलबार





