नेपाली राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा वसन्त शाही ठकुरी र कलाम अली नियुक्त भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार उनीहरु दुवैलाई सहायक प्रशिक्षकको रूपमा नियुक्त गरेको हो।
नेपाली टोलीले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सोमबार र मंगलबार युएईविरुद्ध टी–२० सिरिज खेल्दैछ।
त्यस्तै, आउँदो शनिबारबाट विश्वकप लिग–टु को खेलहरू पनि आयोजना हुँदैछ। सो लिगको कप्तानी भने रोहितकुमार पौडेलले गर्नेछन् ।
यसअघि टोलीका सहायक प्रशिक्षकको रूपमा ज्ञानेन्द्र मल्ल रहेका थिए।
प्रकाशित: ६ वैशाख २०८३ १२:३२ आइतबार


-600x400.jpg)


