१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

बार्सिलोनाले जित्यो महिला च्याम्पियन्स लिगको उपाधि

एफसी बार्सिलोनाले महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ।

नर्वेमा भएको महिला च्याम्पियन्स लिगको फाइनलमा लियोनलाई ४–० ले हराउँदै बार्सिलोनाले सिजनको चौथो उपाधि जितेको हो।

खेलको दोस्रो हाफमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्यो। बार्सिलोनाका फरवार्ड इवा पाजोरले नर्वेको राजधानी ओस्लोस्थित उल्लेभल स्टेडियनमा दुई गोल गर्दै आफ्नो छैटौं गोल गरिन्।

पाजोरले ५५ औं मिनेट र ६९ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्।

९० औं मिनेटमा सल्मा पारालुएलोले अर्को उत्कृष्ट प्रदर्शन गरिन्। यस्तै थप समयमा उनले प्याट्री गुइजारोको असिस्ट अर्को गोल गरिन्।

बार्सिलोनाले यस सिजनमा चारै घरेलु र अन्तर्राष्ट्रिय ट्रफी जित्न सफल भएको छ। टोली छ सिजनमा चार पटक युरोपेली च्याम्पियन बनेको छ।

प्रकाशित: १० जेष्ठ २०८३ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App