१६ कार्तिक २०८३ सोमबार
image/svg+xml
खेल

बङ्गलादेशका जिशन अलामले कर्णालीबाट एनपीएल खेल्ने

कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेलका लागि बङ्गलादेशका युवा ब्याटर जिशन अलामलाई टोलीमा अनुबन्ध गरेको छ।

कर्णाली याक्स स्पोट्र्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले आइतबार जिशनलाई टोलीमा भित्र्याइएको जानकारी दिए। उनका अनुसार जिशनको आगमनले टोलीको शीर्ष क्रम थप मजबुत हुनेछ।

२१ वर्षीय जिशन बङ्गलादेशको उमेर समूह हुँदै ‘ए’ टोलीबाट खेलिसकेका ब्याटिङ अलराउन्डर हुन्। उनले बङ्गलादेशका फ्रेन्चाइज टोली राजशाही वारियर्स र दुरबार राजशाहीबाट खेलेका छन्।

उनी कर्णालीमा आबद्ध हुने तेस्रो बङ्गलादेशी खेलाडी हुन्। यसअघि अरिफुल इस्लाम र अकबर अली टोलीमा अनुबन्ध भइसकेका छन्। जिशनले लिस्ट ‘ए’ का ४९ खेलमा एक हजार २९५ रन बनाएका छन्। उनले २७ टी–२० अन्तर्राष्ट्रिय खेलमा ५७१ रन जोडेका छन्।

प्रकाशित: १६ कार्तिक २०८३ ०६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App