३ असार २०८३ बुधबार
image/svg+xml
खेल

अष्ट्रियाद्वारा जोर्डन ३–१ ले पराजित

विश्वकप–२०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अष्ट्रियाले डेब्यु टीम जोर्डनलाई ३–१ ले पराजित गरेको छ।

अमेरिकाको सान फ्रान्सिस्को वे एरिया रंगशालामा भएको रोमाञ्चक खेलमा अष्ट्रियाले जोर्डनलाई हराएको हो।

खेलको २१ औँ मिनेटमा गोल गर्दै रोमानो सिमिडले अष्ट्रियालाई अग्रता दिलाएका थिए। उनले जाभर सिलागरको पासमा गोल गरेका हुन्।

यस्तै, खेलको ५० औँ मिनेटमा गोल गर्दै जोर्डनका अलि ओल्वानले खेललाई बराबरीमा ल्याएका थिए। उनलाई गोलका लागि नुर अल रावादेहले बल पास गरेका थिए।

७६ औँ मिनेटमा जोर्डनका याजन अल अरबले आत्मघाती गोल गरेपछि अष्ट्रियाले एक गोल उपाहार पायो।

इन्जुरी समयको अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै मार्को आर्नाटिभचले अष्ट्रियालाई ३–१ ले जिताए।

जितसँगै तीन अंक जोडेर अष्ट्रिया समूहको दोस्रो स्थानमा छ। समूह जेमा समान तीन अंक रहेको अर्जेन्टिना पहिलो स्थानमा छ भने जोर्डन तेस्रो र अल्जेरिया अन्तिममा छ।

प्रकाशित: ३ असार २०८३ १२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App