महिला टी-२० विश्वकपको फाइनलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई पराजित गरेको छ। इङ्ल्यान्डलाई पराजितगर्दै अस्ट्रेलियाले कीर्तिमानी सातौं पटक महिला टी-२० विश्वकप जितेको हो।
इङ्ल्यान्डले जितका लागि दिएको १५१ रनको लक्ष्य अस्ट्रेलियाली टोलीले १७.१ ओभरमा मात्र तीन विकेट गुमाउँदै पूरा गर्यो।
अस्ट्रेलियाकी बेथ मुनीले ४९ बलमा १० चौकासहित ६४ रन बनाइन् भने फोबी लिचफिल्डले ३५ बलमा ४८ रन बनाइन्।
यसअघि, इङ्गल्याण्डको लर्ड्स मैदानमा खेलिएको यो फाइनल खेलमा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।
पहिले ब्याटिङ गर्दै इङ्ल्यान्डले २० ओभरमा ४ विकेट गुमाउँदै १५० रन बनायो।
इङ्ल्यान्डका लागि कप्तान नेट स्काइभर-ब्रन्टले ५३ बलमा सर्वाधिक ५८ रन बनाइन् भने फ्रेया केम्पले ४४ र एलिस क्याप्सीले २३ रन बनाइन्।
यसैबीच, अष्ट्रेलियाकी कप्तान सोफी मोलिनक्स, किम गार्थ, लुसी ह्यामिल्टन र अन्नाबेल सदरल्याण्डले एक-एक विकेट लिए।
प्रकाशित: २२ असार २०८३ ०६:५९ सोमबार





