९ भाद्र २०८३ मंगलबार
image/svg+xml
खेल

आसिफ शेखको शतकमा मलेसियामाथि नेपालको शानदार जित

ओपनर आसिफ शेखको आक्रामक शतकसँगै नेपालले एसीसी प्रिमियर कपअघि भएको अभ्यास खेलमा मलेसियामाथि शानदार जित हात पारेको छ। 

मलेसियाले दिएको २३३ रनको लक्ष्य पछ्याउने क्रममा बीचमा वर्षा भएपछि खेल ४८ ओभरमा घटाइएको थियो र नेपालले २२८ रनको संशोधित लक्ष्य पाएको थियो। नेपालले उक्त लक्ष्य २८ ओभरमै पूरा गर्दै प्रभावशाली जित दर्ता गर्‍यो। 

नेपालको जितमा ओपनर आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ८५ बलमा १६१ रन बनाए । उनले आक्रामक ब्याटिङ गर्दै मलेसियाली बलरमाथि दबाब सिर्जना गरेका थिए। 

आसिफले अर्का ओपनर अर्जुन कुमालसँग मिलेर पहिलो विकेटका लागि २२० रनको दोहोरो शतकीय साझेदारी गरे। अर्जुनले ६१ रन बनाएर नटआउट रहे। 

एसीसी प्रिमियर कपअघि नेपालका लागि यो अभ्यास खेलले टोलीको ब्याटिङ लय र तयारी राम्रो रहेको संकेत गरेको छ। विशेषगरी आसिफ र अर्जुनबीचको उत्कृष्ट ओपनिङ साझेदारी नेपालका लागि सकारात्मक पक्ष बनेको छ। 

प्रकाशित: ९ भाद्र २०८३ १४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App