४ आश्विन २०८३ आइतबार
image/svg+xml
खेल

एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

श्रीलंका एसियाली खेलकुद (एसियाड) को महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
निसिनमा आज भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले दिएको १७८ रनको लक्ष्य श्रीलंकाले १७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै ८ विकेटको जित निकाल्यो।

श्रीलंकाको जितमा कप्तान चमारी अटापट्टुले अविजित ८३ रनको उत्कृष्ट पारी खेलिन्। उनले ५० बलमा ७ चौका र ६ छक्का प्रहार गरिन्। हसिनी परेराले २६ बलमा ४२ रन तथा हर्षिता समरविक्रमा १२ बलमा अविजित २० रन जोडिन्।

त्यसअघि पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७७ रन बनाएको थियो। आयशा जफरले ४० बलमा ९ चौका र २ छक्कासहित ७१ रन बनाइन्। शवाल जुल्फिकारले ५० बलमा ५४ रन तथा फातिमा सानाले अविजित २० रन जोडिन्।

श्रीलंकाका लागि सुगन्धिका कुमारी, चमारी अटापट्टु र काव्या कविन्दीले समान १ विकेट लिए।

अब श्रीलंकाले स्वर्ण पदकका लागि दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। आजै हुने दोस्रो  सेमिफाइनल खेलमा भारतले बंगलादेशको सामना गर्नेछ। खेल नेपाली समयअनुसार अहिले १०ः४५ बजे सरु हुनेछ।

प्रकाशित: ४ आश्विन २०८३ १०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App