१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

एसियन खेलकुद छनोटः सेमिफाइनमा नेपालको प्रतिद्वन्द्वी ओमान

एसियन खेलकुद छनोट प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले सेमिफाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ।  

समूह बीबाट हङकङ समूह विजेता भएसँगै नेपालले ओमानलाई प्रतिद्वन्द्वी पाएको हो। अपराजित रहेको नेपाल समूह एको विजेता र मलेसिया उपविजेता हुन्। समूह बीबाट ओमान उपविजेता बन्यो।  

शुक्रबार भएको खेलमा ओमानलाई १५४ रनले हराउँदै हङकङ तीन खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो। ओमानको ४ अंक रह्यो।  

अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच खेल हुनेछ। दुवै प्रतिस्पर्धा आइतबार हुनेछ। 

फाइनल पुग्ने दुई टोली र तेस्रो हुने टोलीले एसियन खेलकुदमा स्थान पक्का गर्नेछन्। सिंगापुरमा जारी प्रतियोगिताको फाइनल स्पर्धा र तेस्रो स्थानका लागि सोमबार प्रतिस्पर्धा हुनेछ। 

प्रकाशित: २२ जेष्ठ २०८३ १६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App