४ आश्विन २०८३ आइतबार
image/svg+xml
खेल

एसियाली खेलकुद : राकेश मानन्धर कांस्य पदकबाट चुके

तस्बिरः अनिल मल्ल ठकुरी / नागोया, जापान

जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत करातेको कुमुते पुरुष ५५ केजीमुनिको तौल समूहमा नेपालका राकेश मानन्धर कांस्य पदकबाट चुकेका छन्।

कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा राकेश मलेसियाका कालियाना सुन्दरमसँग ९–१ अंकले पराजित भएका हुन्। राकेशले एक युको अंक जोड्दा मलेसियाका कालियाना सुन्दरमले ६ युको र एक इप्पोनसहित ९ अंक हासिल गरे।

कांस्य पदकका लागि भएको खेलमा पराजित भएसँगै राकेशले २०औँ एसियाली खेलकुदमा पदक जित्ने अवसर गुमाएका छन्।

प्रकाशित: ४ आश्विन २०८३ १३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App