२०औं एसियाली खेलकुदमा नेपालका लागि करातेका तेन्जिङ शेर्पाले कांस्य पदक दिलाएका छन्।
तोयोहासी जिम्नाजिएममा बुधबार भएको खेलमा कुमुते ८४ केजीमुनि तौल समूहमा उनले कांस्य पदक जितेका हुन्।
२३ वर्षे तेन्जिङले कांस्य पदकको लागि भएको प्रतिस्पर्धामा छायासान भाताहानालाई ९-१ ले हराउॅंदै नेपाललाई पहिलो पदक दिलाए।
यस क्रममा तेन्जिङले युकोबाट ६ र इप्पोनबाट ३ स्कोर गरे। छायासानले एउटा युको प्रहार गरे।
जारी एसियाली खेलकुदमा करातेको यो अन्तिम प्रतिस्पर्धा हो।
प्रकाशित: ७ आश्विन २०८३ ११:४१ बुधबार





