१० आश्विन २०८३ शनिबार
image/svg+xml
खेल

वर्षाका कारण नेपाल र जापानको क्रिकेट अवरोध, खेल हुने सम्भावना न्युन

वर्षाका कारण २०औं एसियाली खेलकुदको जापान र नेपालबीच पुरुष क्रिकेटको खेल प्रभावित भएको छ।

समूह ‘ए’ को दोस्रो खेलमा शनिबार नेपाल र आयोजक जापानबीचको खेल वर्षाका कारण सुरु हुन सकेको छैन। नागोयास्थित कोरोगी एथ्लेटिक्स पार्कमा तय खेलमा जापानले टस जितेर बलिङ रोजेको छ। तर, सिमसिम वर्षा हुँदा पिचमा कभर लगाइएको छ।

वर्षा भए पनि नेपाली दर्शकको बाक्लो उपस्थिति छ। खेल हुने सम्भावना न्युन देखिएको छ। तर, समर्थकले वर्षाका बाबजुद स्टेडियममा छाडेका छैनन् र खेल हुने आशाका साथ हुटिङ गरिरहेका छन्।

अघिल्लो खेलमा शुक्रबार नेपालले टेस्ट राष्ट्र अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको थियो। वर्षा भए पनि नेपाल समूह विजेताको रूपमा क्वार्टरफाइनलमा पुग्नेछ। पहिलो खेलमा अफगानिस्तानसँग पराजित जापान भने समूह चरणबाट नै बाहिरिनेछ। खेल रद्द भए नेपालले क्वार्टरफाइनलमा श्रीलंकासँग खेल्नेछ।

 वर्षाका कारण नेपाल-जापान खेलमा ढिलाइ पछि ग्राउन्डको अवस्था ः 

प्रकाशित: १० आश्विन २०८३ ०६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App