जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत करातेको पुरुष ६० केजीमुनिको तौल समूहमा नेपालका मीनबहादुर तामाङ सेमिफाइनलमा पराजित भएका छन्।
सेमिफाइनलमा मीनबहादुर कुवेतका अब्दुल्लाह शाबानसँग १०-० अंकले पराजित भए। शाबानले खेलमा एक युको र तीन इप्पोन अंक जोड्दै स्पष्ट जित निकाले।
मीनबहादुरले यसअघि प्रभावशाली प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए। सेमिफाइनलमा पराजित भए पनि उनको पदकको सम्भावना भने कायमै रहेको छ। अब उनले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रकाशित: ४ आश्विन २०८३ १३:०० आइतबार




-600x400.jpg)
