४ आश्विन २०८३ आइतबार
image/svg+xml
खेल

एसियन गेम्स: सेमिफाइनलमा कजाखस्तानकी खेलाडीसँग एरिका पराजित

कांस्यका लागि मोस्ताफासँग खेल्ने

तस्बिर: अनिल मल्ल ठकुरी/जापान

नेपालका लागि आशा गरिएकी खेलाडी कराते खेलाडी एरिका गुरुङ २०औ एसियाली खेलकुदको सेमिफाइनलमै रोकिएकी छिन् ।

तोयोहासी जिम्नाजियममा आइतबार भएको महिला कुमुते ६८ केजीमाथि सेमिफाइनलमा एरिका कजाखस्तानकी बेरुल्टसेभा सोफियासँग २–१ ले पराजित भइन् । दुई सेकेन्ड बाँकी छँदासम्म १–१ को स्थिति थियो । यही स्थितिमा समय समाप्त हुँदा एरिका विजेता हुने थिइन् । तर, दुई सेकेन्ड बाँकी छँदा भिडियो रिप्लेमार्पmत सोफियाले युकोबाट एक अंक पाइन् । यससँगै एरिकाको फाइनल यात्रा समाप्त भएको हो । गत संस्करणको फाइनलमा पनि एरिका सोफियासँग नै पराजित भइकी थिइन् । अब उनले कांस्य पदकका लागि साउदी मोस्तफा डिनासँग आजै खेल्नेछिन् ।

यसअघि एरिकाले जोर्डनकी यारा नासेरलाई ७–१ पराजित गरेकी हुन् । एरिकाले युकोमा १, वाजा अरीमा ३ अंक जोडेकी थिइन् । याराले भने युकोमा मात्र एक अंक जितेकी हुन् । यो जितसँगै उनले कास्य पदक भने पक्का गरेकी छिन् ।

सिधै क्वाटरफाइनल खेलमा अनुभवी एरिकाले उदीयमान जोर्डनी यारासँग प्रतिस्पर्धा गरेकी थिइन् । यसअघि पनि यी खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । जुनमा इन्डोनेसियाको बालीमा सम्पन्न २२औं एसियन सिनियर कराते च्याम्पियनसिपमा याराले रजत र एरिकाले कांस्य जितेका थिए । २० वर्षीया याराले जितेको यही ठूलो पदक थियो ।

२२ वर्षीय एरिकासँग नेपालले पदकको ठूलो आशा गरेको छ । एरिकाले १९औं एसियाड, प्रिमियर लिग र एसियन च्याम्पियनसिपको रजतलायत अन्तर्राष्ट्रिय प्रतियोगिताको पदक जितेकी थिइन् ।

प्रकाशित: ४ आश्विन २०८३ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App