नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले चार वर्ल्ड र्याङ्किङ च्याम्पियन्सीपमा खेल सञ्चालन गर्ने भएका छन् ।
उनले जि फोर ओसियन ओपन एन्ड पारा, वर्ल्ड र्याङ्किङ जि थ्री डब्ल्यूटि प्रेसिडेन्ट कप र वर्ल्ड र्याङ्किङ जि टु अस्ट्रेलियन ओपनमा खेल सञ्चालन गर्नेछन् ।
अशोकले सुरुमा अस्ट्रेलियाको गोल्डकोस्टमा हुने वर्ल्ड र्याङ्किङ जि टु तेक्वान्दो प्रतियोगिता खेलाउनुहुनेछ । सो प्रतियोगिता सञ्चालन गर्न अशोक शनिबार अस्ट्रेलिया प्रस्थान गरेका छन् ।
अस्ट्रेलियन तेक्वान्दो तथा ओसियाना तेक्वान्दोको आयोजनामा हुने सो प्रतियोगिता जुन १८ देखि २२ तारिखसम्म चल्नेछ । उनले अस्ट्रेलियन ओपनमा निर्णायकको भूमिका निर्वाह गर्न लागेको यो चौथो पटक हो । यसअघि सन् २०१९, २०२४ र २०२५ मा पनि अशोक अन्तर्राष्ट्रिय रेफ्रीको रुपमा अस्ट्रेलियन ओपनमा सहभागी भएका थिए ।
अशोक नेपालका ग्यारोगी तथा पुम्स दुवै विधाका दोस्रो श्रेणीका अन्तर्राष्ट्रिय निर्णायक हुन् । उनी पारा रेफ्री कोर्ष गर्ने कम नेपाली तेक्वान्दोकर्मी मध्ये एक हुन्।
५० भन्दा बढी विश्व वरीयताका तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका भएका अशोक युवा तथा खेलकुद मन्त्रालयबाट ‘उत्कृष्ट रेफ्री’का रूपमा सम्मानित भइसकेका छन् । अशोक नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष समेत हुन् ।
प्रकाशित: ३० जेष्ठ २०८३ १९:४९ शनिबार





