१ भाद्र २०८३ सोमबार
image/svg+xml
खेल

आर्सनलले जित्यो कम्युनिटी शिल्ड : म्यानचेस्टर सिटीविरुद्ध ३-० को शानदार जित

डिफेन्डिङ च्याम्पियन आर्सनलले कम्युनिटी शिल्ड फुटबलमा म्यानचेस्टर सिटीमाथि ३-० को शानदार जित निकालेको छ। 

कार्डिफस्थित प्रिन्सिपलिटी स्टेडियममा स्थानीय समय अनुसार आइतबार भएको खेलमा आर्सनलले म्यानचेस्टर सिटीका नयाँ प्रशिक्षक एन्जो मारेस्काको डेब्युलाई निराशाजनक बनाइदिएको हो।

खेल सुरु भएको २३ सेकेन्डमै रिकार्डो कालाफियोरीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। माइल्स लुइस-स्केलीको पासमा उनले उत्कृष्ट गोल गरेका हुन्। खेलको ३०औँ मिनेट नजिक पुग्दा काई हाभर्ट्जले गोल गर्दै टिमको अग्रता दोब्बर पारे। क्रिस्टोस जोलिसको क्रसलाई हाभर्ट्जले हेडरमार्फत गोलमा परिणत गरेका थिए।

दोस्रो हाफको सुरुवातमै आर्सनलले तेस्रो गोल गर्‍यो। खेलको ४८औँ मिनेटमा कप्तान मार्टिन ओडेगार्डले गोल गर्दै टिमलाई ३-० को जित दिलाए। खेलपछि सिटीका प्रशिक्षक एन्जो मारेस्काका लागि यो सुरुवात निकै खराब रह्यो। स्काई स्पोर्ट्सका अनुसार सिटीका लागि यो खेलको सुरुवात 'दुःस्वप्न' जस्तै बनेको थियो।

आर्सनलका लागि नयाँ खेलाडी ब्रुनो गुइमारेस र क्रिस्टोस जोलिसले पहिलो पटक प्रतिस्पर्धात्मक खेलमा सहभागिता जनाए। मिडफिल्डर गुइमारेसले आफ्नो खेलबाट समर्थकलाई खुसी बनाए भने जोलिसले दुई गोलका लागि पास उपलब्ध गराएर आफ्नो प्रभाव जमाए।

आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले टिमको प्रदर्शनप्रति सन्तुष्टि जनाएका छन्। पछिल्ला केही खेलमा रक्षापंक्तिमा कमजोर देखिएको आर्सनलले यस पटक भने निकै सन्तुलित र बलियो प्रदर्शन गर्‍यो। गोलकिपर डेभिड रायाले खेलको अन्त्यतिर एर्लिङ हालान्डका केही कडा प्रहार बचाउँदै टिमको जित सुरक्षित राखे।

कम्युनिटी शिल्डको जितले आर्सनललाई प्रिमियर लिग सिजनको लागि थप उत्साहित बनाएको छ। आर्सनल अब आफ्नो आत्मविश्वासलाई निरन्तरता दिँदै आउँदो शुक्रबार कोभेन्ट्री सिटीविरुद्धको खेलमा केन्द्रित हुनेछ।

प्रकाशित: १ भाद्र २०८३ ०७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App