१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

अञ्जन विष्ट ट्रेनिङ सेन्टर‌द्वारा 'नेक्स्ट जेन बुट क्याम्प' आयोजना हुने

अञ्जन विष्ट ट्रेनिङ सेन्टरले मुख्य प्रायोजक आर्क्स ग्रुपसँग मिलेर 'नेक्स्ट जेन बुट क्याम्प' नामको १० दिने विशेष फुटबल प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएकाे छ।

साे कार्यक्रम ८ देखि १६ वर्ष उमेर समूहका युवा खेलाडीहरूको प्रतिभालाई विकास गरेर उनीहरूको खेल कौशल सुधार गर्ने आज आयाेजित पत्रकार समेलनमा आयाेजकले बताएकाे हाे।

उक्त क्याम्प यही चैत २१ देखि ३० गतेसम्म ललितपुरको बु‌द्धिविकास फुटबल मैदानमा आयोजना हुनेछ। प्रशिक्षण हरेक दिन बिहान ८:०० देखि १०:०० बजेसम्म चल्नेछ, जहाँ सह‌भागीहरूले दक्ष प्रशिक्षणसहित राम्रो वातावरणमा फुटबल कौशल निखार्ने वातावरण पाउनेछन्।

१० दिने बुट क्याम्पमा फुटबलको आधारभूत प्रशिक्षणदेखि खेलाडीको खेल कौशल अनुरूप खेल अनुशासन, मेहनत र धैर्यता जस्ता फुटबलका सबै महत्वपूर्ण कुराहरू सिकाइने छ।

कार्यक्रमको अन्त्यमा अभ्यास खेल र फाइनल खेल पनि हुनेछ। तालिममा सह‌भागीहरूले राष्ट्रिय खेलाडीहरूसँग भेटेर अनुभव आदानप्रदान र हौसला वृ‌द्धिका लागि विशेष सेसन समेत संचालन हुनेछ। क्याम्पमा भाग लिनका लागि ८ हजार ५०० रुपैयाँ शुल्क लाग्नेछ।

जसमा प्रत्येक खेलाडीले जर्सीसहितको खेल सामग्री, हरेक दिनको खाजा, प्रमाणपत्र र पाउने छन्।

प्रकाशित: १७ चैत्र २०८२ १६:१७ मंगलबार