१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

आन्दोलनमा उत्रिएको खेलाडी संघलाई एन्फाले बोलायो

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सडकमा उत्रिएका अखिल नेपाल खेलाडी संघलाई वार्तामा बोलाएको छ ।  

एन्फाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै खेलाडी र अखिल नेपाल खेलाडी संघलाई वार्ताबाट समस्याको समाधान खोज्न आह्वान गरेको हो ।  

एन्फाले वार्ताका लागि सोमबारको समय तोकेको छ ।  

गत सोमबार एन्फा र शीर्ष डिभिजन क्लबबीचको बैठकले यो वर्ष पनि ए डिभिजन लिग नहुने निर्णय गरेपछि खेलाडीले विरोध गरेका थिए ।  

बिरोधमा उत्रिएका खेलाडीले एन्फामा धर्ना दिएका थिए ।

प्रकाशित: २३ कार्तिक २०८२ १८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App