अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'ए' डिभिजन लिगलाई होम एण्ड अवे प्रणालीमा सञ्चालन गर्ने योजना प्रस्तुत गरेको छ।
आइतबार सातदाेबाटो स्थित एन्फा कम्लेप्कसमा 'ए' डिभिजन लिगका क्लबहरू र एन्फाबिच 'ए' डिभिजन प्रतियोगिताको बारेमा छलफल भएको थियो।
सोही छलफल कार्यक्रममा एन्फामा महासचिव किरण राईले लिग २०८२ पुष ९ गतेदेखि सुरु गर्न प्रस्ताव राख्दै यसलाई होम एण्ड अवे प्रणालीमा सञ्चालन गर्ने योजना रहेको बताए।
यसका साथै, उनले लिगको मोडालिटी, मार्केटिङ र अन्य व्यवस्थापन पक्षबारे पनि विस्तृत प्रस्ताव अघि सारे। एन्फाको प्रस्तावलाई सहभागी क्लबहरूले सकारात्मक रुपमा लिएका छन्।
'ए' डिभिजन लिग पछिल्लो पटक २०७९/८० मा आयोजना भएको थियो।
प्रकाशित: १६ भाद्र २०८२ १२:०७ सोमबार





