२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

रंगशाला बनाउन नगरपालिकाले दियो दुई सय रोपनी जग्गा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्रस्तावमा नयाँ तथा आधुनिक फुटबल रङ्गशाला निर्माणका लागि सूर्य विनायक नगरपालिकासँग सैद्धान्तिक सहमति भएको छ। जस अनुसार नगरपालिकाले वडा नम्बर ८ मा अवस्थित करिब २ सय रोपनी जग्गा रङ्गशाला निर्माणका लागि उपलब्ध गराउनेछ।  

यसबारे नगरपालिकाले राष्ट्रिय खेलकुद परिषद्लाई सिफारिस गरेको छ। वर्तमान एन्फा कार्यसमितिको बैठकले नयाँ तथा आधुनिक रङ्गशाला निर्माण गर्ने निर्णय गरी  एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ नेतृत्वको टोलीले प्रधानमन्त्रीसँग पटक-पटकको भेटघाट गरि अनुरोध गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ रङ्गशाला निर्माणमा झण्डै ५० हजार दर्शक क्षमता भएको नयाँ रङ्गशाला निर्माण गर्ने घोषणा पनि गरेका थिए। नेपाल सरकार र विशेषगरी प्रधानमन्त्रीको पहलसँगै, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको संस्थागत समन्वय,सहयोगमा र एन्फाको प्रस्तावमा नगरपालिकाले सहमति जनाएको हो।  

त्यसक्रममा बुधबार नगरपालिका प्रमुख बासु थापाले सिफारिसपत्र एन्फा महासचिव किरण राईलाई हस्तान्तरण गरेका थिए । निर्माण गरिने रङ्गशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको आधुनिक फुटबल स्टेडियमको रूपमा विकास गर्ने योजना रहेको छ।

प्रकाशित: ११ भाद्र २०८२ १९:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App