भ्याली पब्लिकको तीनै टोलीले १९औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा जित हात पारेका छन्।
धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा शनिबार भएको खेलमा भ्याली पब्लिकले सिनियर ब्वाइजमा दुई तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा एक जित निकालेका हुन्। सिनियर ब्वइजको पहिलो खेलमा भ्याली पब्लिकले गोल्डेनपिकलाई ४५–३९ ले पराजित गर्यो। भ्याली पब्लिका अशोक विकले ३२ अंक जोडे।
अर्को खेलमा भ्याली पब्लिकले क्यान्भास बसन्त ऋतुलाई ४०–३३ ले हरायो। भ्याली पब्लिकका हिमेश विश्वकर्माले १२ स्कोर गरे। सिनियर ब्वइजमै हेम्सले स्वेता सदनलाई ६२–२३, भद्रकालीले बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई ३८–३७ र गण्डकीले तेजस्वीलाई २९–२८ ले हराए।
हेम्सका आशुतोष यादवले १७, भद्रकालीका सुदिप श्रेष्ठले १७ र गण्डकीका सुविन अर्यालले ८ स्कोर गरे। सिनियर गल्र्समा भ्याली पब्लिकले भ्याली पब्लिकले गण्डकीलाई २७–४ तथा केभीकेएसएसले सत्यसाइलाई १८–१५ ले हराए। भ्याली पब्लिककी लोरिशा गौचनले ९ र केभीकेएसएसकी खुशी मिटोकले ११ अंक बटुले।
जुनियर ब्वाइजमा भ्याली पब्लिकले ज्ञानभूमिलाई १२–११, न्युटनले एन्जल्स हार्टलाई २९–२६, पारामाउन्ट एकेडेमीले रिलायन्स पब्लिकलाई ४१–११, गोल्डेनपिकले भद्रकालीलाई २६–९ र तेजस्वीले फ्युजनलाई १२–८ ले हराए। भ्याली पब्लिकका सुयोग गौतमले ६, न्युटनका आर्यन विकले ११, पारामाउन्टका सुदिप घलेले ८, गोल्डेनपिकका फुर्वा शेर्पाले १३ र तेजस्वीका अशोक तामाङले ६ अंक जोडे।
प्रकाशित: ८ भाद्र २०८२ ०८:०१ आइतबार





