२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

एएफसी यू-२० महिला एसियन कप छनोट : साउदीसँग भिड्दै नेपाल

भुटानको राजधानी थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटमा आज नेपालले साउदी अरेबियासँग खेल्दै छ।

साउदी अरेबियासँगको यो खेल नेपालको दोस्रो खेल हो। यो खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो १ः४५ बजेबाट सुरु हुने छ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो तर नेपालसँग भिड्न आएको साउदी अरेबियाले भने उत्तर कोरियासँग १५–० को फराकिलो हार बेहोरेको थियो। बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ, उत्तर कोरिया २–२ पटक विश्व च्याम्पियन टोली हो।

प्रतियोगिताको हरेक समूहबाट समूह विजेता एसियन कपमा छनोट हुने छन् भने दुई उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान रहेको छ।

प्रकाशित: २३ श्रावण २०८२ ०८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App