२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
खेल

एएफसी यू–२० महिला एसियन कप छनोटः पेनाल्टीमा चुक्यो नेपाल

भुटानको राजधानी थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले अहिले साउदी अरेबियासँग प्रतिस्पर्धा गरिरहेको छ ।  

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा पहिलो हाफको खेल जारी रहँदा दुवैतर्फबाट गोल हुन सकेको छैन ।  

खेलको ३८औं मिनेटमा नेपालले पेनाल्टी पाएपनि गोल गर्न भने सकेन । मीना देउवाले प्रहार गरेको बल पोलमा लागेर फर्केको थियो । रिबाउन्ड बलमा पनि गोल गर्न नसकेपछि नेपाल अग्रता बनाउनबाट चुक्यो ।  

नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । साउदी अरेबियाले भने उत्तर कोरियासँग १५–० को फराकिलो हार बेहोरेको थियो। बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ ।  

प्रतियोगिताको हरेक समूहबाट समूह विजेता एसियन कपमा छनोट हुने छन् भने दुई उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान रहेको छ।

प्रकाशित: २३ श्रावण २०८२ १४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App