एएफसी एसियन छनोट अन्तर्गतको तेस्रो चरणको अन्तिम खेलमा लाओसविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार बिहान लाओसविरुद्ध खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेको हो। नेपाली टोली लाओससँग खेल्न शनिबार त्यसतर्फ प्रस्थान गरिसकेको छ। नेपाल र लाओसले मंगलबार प्रतिस्पर्धा गर्छन्। नेपाल यसअघि नै यस छनोट खेलबाट बाहिरिसकेको छ।
२३ खेलाडीमा कप्तान किरणकुमार लिम्बूसँगै अभिषेक लिम्बु, आदित्य शाक्य, अनन्त तामाङ, आयुष घलान, बिमल पाण्डे, विशाल सुनार, दिपेश गुरुङ, गिलेस्पे जङ्ग कार्की, कृतिश रत्न छुन्जु, मणिकुमार लामा, मनिष डाँगी, मिलन राई, पेम्बा दोर्जे लामा, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सनिष श्रेष्ठ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, योगेश धिमाल, योगेश गुरुङ र युवराज खड्का रहेका छन्।
प्रकाशित: १५ चैत्र २०८२ ११:४४ आइतबार





