१ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

एएफसी एसियन कप छनोट : भियतनामसँग खेल्ने नेपाली टोलीको बिदाइ

एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग खेल्न जाने नेपाली राष्ट्रिय टोलीको बिदाइ गरिएको छ।  

सोमबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एन्फा कम्प्लेक्समा टोलीको बिदाइ गरेको हो। नेपाल र भियतनामले अक्टोबर ९ र १४ गते एएफसी एसियन कप छनोट खेल्नेछन्।  

यो छनोटका लागि आइतबार मुख्य प्रशिक्षक म्याट रसलले कप्तान किरण कुमार लिम्बूको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका छन्।  

दुवै खेल भियतनामको बिन दुङ रङ्गशालामा खेलिनेछ। होम एन्ड अवे प्रणालीमा हुने भनिएको म्याच नेपालको एकमात्र अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला खेल्न अयोग्य ठहर भएपछि दुवै खेल भियतनामको मैदानमा हुन लागेको हो।

प्रकाशित: २० आश्विन २०८२ १७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App