मलेसियामा जारी एसीसी प्रिमियर मेन्स कपको फाइनल खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ।
टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालले यो खबर तयार पार्दा सम्म २२ ओभरमा १ विकेट गुमाइ १०१ रन जोडेको छ। नेपालका लागि दुवै ओपनरले राम्रो ब्याटिङ गरेका थिए । अर्जुन कुमाल भर्खरै मात्र ४३ रनमा रनआउट भएर पेविलियन फर्किएका छन्। कुमालले ६ चौका प्रहार गरेका थिए।
यो खबर तयार पार्दा आसिफ शेख ४६ रनमा अविजित रहेका छन्। शेखले ४ चौका र १ छक्का प्रहार गरेका छन्। शेखलाइ साथ दिन इशान पाण्डे क्रिजमा आएका छन्। उनी ३ रनमा खेलिरहेका छन्।
प्रकाशित: २७ भाद्र २०८३ ०८:४९ शनिबार




-600x400.jpg)
