२७ माघ २०८२ मंगलबार
image/svg+xml
खेल

'ए' डिभिजन लिग अत्यावश्यक : कप्तान चेम्जोङ

नेपाली राष्ट्रिय  फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले 'ए' डिभिजन लिग अत्यावश्यक रहेको बताएका छन्।  

शुक्रबार नेपाल र बंगालादेशविरुद्धको मैत्रीपूर्ण  खेलअघि भएको पत्रकार सम्मलेनमा किरणले लिग हुन एकदम जरुरी रहेको बताए ।  

उनले भने, ‘लिग नभएको दुई वर्षभन्दा धेरै भइसक्यो, लिग हुन एकदमै जरुरी छ, राष्ट्रिय टोलीको लागि पनि लिग हुन जरुरी छ, त्यहाँबाट नै हो, ट्यालेन्ट खेलाडी पाउने।’

उनले लिग छिटोभन्दा छिटो हुनपर्ने बताए। ‘अहिले खेलाडीहरुले ए डिभिजन लिग खेल्न पाउनु भएको छैन, जसले गर्दा खेलाडी उत्पादनमा समस्या हुन थालेको छ,’ उनले भने ।

नेपाल र बंगालदेशले पहिलो मैत्रीपूर्ण खेल भदौ २१ गते खेल्दै छन् । दोस्रो मैत्रीपूर्ण खेल भदौ २४ गते हुनेछ । बंगालदेशविरुद्ध खेल्न नेपाली टोली तयार रहेको उनले बताए ।  

दुवै मैत्रीपूर्ण खेल दशरथ रगंशालमा बेलुका साढे पाँच बजे सुरु हुनेछन् ।

प्रकाशित: २० भाद्र २०८२ १६:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App