२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप क्रिकेटः आज दुई खेल हुँदै

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदैछन्। टियु क्रिकेट मैदानमा हुने खेलमा प्रदेश–१ र वागमती प्रदेशबीच खेल हुनेछ। 

खेल बिहान ९ः३० बजे शुरु हुनेछ। प्रदेश–१ र वागमती पहिलो जितको खोजीमा हुनेछन्। पहिलो खेलमा दुवै टोली नेपाल पुलिस क्लवसँग पराजित भएका थिए। त्यस्तै मुलपानी क्रिकेट मैदानमा हुने खेलमा एपीएफ क्लव र सुदूरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा हुनेछ। खेल बिहान ९ः३० मा नै शुरु हुनेछ। प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ। प्रधानमन्त्री कप क्रिकेटमा सोमवार पनि दुई वटा खेल नै भएका थिए। 

प्रकाशित: १५ कार्तिक २०७९ ०३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App