८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला भलिबलमा एपिएफ, बागमती र पुलिस विजयी

विभागीय टिम एपिएफ, नेपाल पुलिस र बागमती प्रदेश नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला भलिबलको दोस्रो दिनको खेलमा विजयी भएका छन्।  

म्याग्दीको बेनीस्थित खुल्ला मञ्च खेलमैदानमा भएको पहिलो खेलमा एपिएफले कर्णाली प्रदेश, बागमतीले प्रदेश नं १ र नेपाल पुलिस क्लबले लुम्बिनीलाई पराजित गरेका हुन्। तीनवटै खेल लगातार सोझो सेटमा सकिएको थियो। एपिएफले कर्णालीलाई ६–२५, २–२७ र ७–२५ को सोझो तीन सेटमा पराजित गरेको थियो। बागमतीले प्रदेश नं १ लाई १७–२५, १२–२५ र १२–२५ को सोझो तीन सेटमा पराजित गर्‍यो। त्यस्तै नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई १०–२५, ११–२५ र १९–२५ ले पछि पार्‍यो।  

शुक्रबारको खेलमा एपिएफकी पवित्रा भट्ट, बागमतीकी सलिना बुढाथोकी र पुलिसकी लक्ष्मी चन्द्रले वुमेन अफ म्याचको उपाधि पाए। बिहीबार भएको उद्घाटन खेलमा गण्डकीले सुदूरपश्चिमलाई सोझो तीन सेटमा पराजित गरेको थियो। समूह विजेता बन्दै गण्डकी र नेपाल पुलिस क्लब क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। शनिबार कर्णाली प्रदेश र त्रिभुवन आर्मी, मधेस प्रदेश र प्रदेश नं १ बीच प्रतिस्पर्धा हुनेछ। कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता छ। लिग कम नकआउट, वेस्ट अफ फाइभ सिस्टममा खेलाइएको खेलका लागि चार वटा समूह बनाइएको छ। 

प्रकाशित: २८ आश्विन २०७९ १३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App