२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आर्मी, सशस्त्र र बागमतीलाई स्वर्ण, ईपीमा गण्डकीले जित्यो पहिलो कास्य

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फेन्सिङमा छ स्वर्ण पदकको छिनोफानो भईसकेको छ। सोमबार तीन स्वर्ण पदकको छिनोफानो हुदाँ मंगलबार थप तीन स्वर्णको प्रतिस्पर्धा टुंगिएको छ।  

पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको प्रतिस्पर्धामा मंगलबार फेन्सिङ पुरुष व्यक्तिगत साबर तर्फ सशस्त्र प्रहरी बलका राजेन्द्र गजुरेलले स्वर्ण पदक जितेका छन्। उनले सातौंमा टिम इभेन्टमा रजत, ८ औ राष्ट्रिय प्रतियोगितामा टिम र एकल दुईमा रजत पदक जितेका थिए। साबरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले रजत पदकमा चित्त बुझाएका थिए। विभागीय प्रतिस्पर्धामा गजुरेलले बाजी मारेका हुन्। त्यसै गरी आर्मीकै रघुवीर चन्द र सशस्त्र प्रहरी बलका खेमराज खत्रीले कास्य पदकमा चित्त बुझाए।

महिला तर्फको फोयल प्रतिस्पर्धामा आर्मीकी रमाकुमारी सिंहले स्वर्ण पदक जितिन्। सशस्त्र प्रहरी बलकी मनिषा राईले रजत र सशस्त्र प्रहरी बलकै मन्दीरा थापा र अनिता अधिकारीले कास्य पदक जिते।  

पुरुष ईपी तर्फको प्रतिस्पर्धामा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जिते। उनले विभागीय खेलाडीलाई पाखा लगाउँदै स्वर्ण जितेका हुन्। नेपाली सेनाका राम थापाले रजत पदकमा चित्त बुझाए। सेनाका मीन कार्की र गण्डकी प्रदेशका विजय अधिकारीले कास्य पदक जिते। अधिकारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशकै पहिलो पदक विजेता खेलाडी बन्न सफल भए। 

फेन्सिङको व्यक्तिगत तर्फ पुरुष साबर, पुरुष ईपी र महिला तर्फको फोयल खेलको निर्णय भएको हो।

प्रकाशित: २५ आश्विन २०७९ १६:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App