१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पोर्चुगलले चेक रिपब्लिकलाई हरायो

पोर्चुगलले यूईएफए नेसन्स लिग फुटबलमा चेक रिपब्लिकलाई फराकिलो गोल अन्तरले हराएको छ।

शनिबार राति सम्पन्न समूह चरण अन्तर्गतको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४-० गोल अन्तरले हराएको हो।

पोर्चुगलको जितमा डिएगो डालोटले दुई गोल गरे। ब्रुनो फर्नान्डेज र डिएगो जोटाले समान एकएक गोल गरे। खेलको ३३ औं मिनेटमा डालोटले गोल गर्दै पोर्चुगललाई सुरवाती अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा ब्रुनो फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई दोब्बर अग्रता बनाए।

पहिलो हाफको इन्जुरी समयमा चेक रिपब्लिकका प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्न सकेनन्। उनको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो।

खेलको ५२ औं मिनेटमा डालोटले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३(० गोलले अघि रह्यो।त्यसपछि खेलको ८२ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई ४(० को जित दिलाए।

यस जितसँगै लिग ए समूह २ को पोर्चुगल शीर्ष स्थानमा उक्लिएको छ। पोर्चुगलले ५ खेलमा १० अंक जोडेको छ। चेक रिपंलिक ४ अंक जोडेर पुछारमा रहेको छ।

प्रकाशित: ९ आश्विन २०७९ ०७:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App