१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

राष्ट्रिय टोलीमा नअटाएपछि नवयुगले भने: विदेशी हुँदा भित्र, स्वदेशी हुँदा बाहिर

नेपाली राष्ट्रिय टाेलीका फरवार्डर नवयुग श्रेष्ठले राष्ट्रिय टोलीमा नअटाएपछि चलखेल भएको टिप्पणी गरेका छन्। बिहीबार राति नवयुगले आफ्नो आधिकारीक फेसबुकबाट चलखेल भएको टिप्पणी गरेका हुन्।

कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बिहीबार घोषणा गरेको राष्ट्रिय टाेलीमा उनी अटाएका थिएनन्। टाेलीमा नअटाएपछि ‘रोग को लक्षणः विदेशी हुदा भित्र, स्वदेशी हुँदा बाहिर, रोगको नामः चलखेल’ नवयुगले फेसबुकमा लेखेका छन्। उनले किरण चेम्जोङकाे कप्तानी एसियन कप छनोटको दोस्रो चरणमा समालेका थिए।

हुमागाईले उनी टोलीमा किन अटेनन भन्ने प्रश्नमा उनी योग्य र अनुभवी खेलाडी भएपनि केहि कुराको अभावका कारण टिममा छनोट हुन नसकेको उत्तर दिएका थिए।

उनले भने,‘हाम्रो लागि सबै खेलाडी महत्वपूर्ण छन् र सबैजना राम्रो  छन्, उनी टाेलीमा डिजर्भ गर्ने मान्छे हुन् तर केही कारणले परेनन्।’

यसअघि बन्द प्रशिक्षणमा भएका ३० खेलाडीबाट उनले २३ जना छानेका हुन्। ३० जनामा रहेका फरवार्डमध्ये नवयुग सँगै भरत खवास, पुजन उपरकोटी, सुनिल बल र आयुष घलान पनि टाेलीमा परेका छैनन्।

एसियन कप छनोट अन्तर्गत नेपालले खेलेको पछिल्लो खेल इन्डोनेसिया विरुद्ध नेपालको आर्मब्याण्ड लगाएका मिडफिल्डर पुजन उपकरोटी भने ३० जनाको टोलीमै परेका थिएनन्।

सुनिल बल भने चोटका कारण टाेलीमा परेनन्। साथै यू–२० टिमका कप्तान आयुष घलान यू–२० टिमसँग रहेकोले राष्ट्रिय टोलीमा पर्ने सकेनन्।

 

प्रकाशित: ७ आश्विन २०७९ ०८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App