साफ च्याम्पियनसीप फुटबलको उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको नेपालले ३-१ ले पछि परेको छ। पहिलो हाफमा २–० ले पछाडि परेको नेपालले दोस्रो हाफमा एक गोल गरे पनि फेरि एक गोल खान पुग्यो ।
खेलको ७०औं मिनेटमा अनिता बस्नेतको गोलमा नेपाल खेलमा पर्किन खोजे पनि ७७ औं मिनेटमा बंगलादेशले गोल फर्कायो ।
प्रकाशित: ३ आश्विन २०७९ १२:५५ सोमबार