१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

सेब र दीक्षालयलाई उपाधि

सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) र दीक्षालयले शुक्रबार युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

हात्तीगौंडास्थित आयोजक युरो स्कुलको कोर्टमा भएका फाइनलमा सफलता निकाल्दै सेब सिनियर ब्वाइज तथा दीक्षालय सिनियर गर्ल्समा च्याम्पियन बने। सिनियर ब्वाइजको फाइनलमा सेबले सेन्ट जोसेफलाई ५७–३७ ले पराजित गर्‍यो। सेबका रोशन घलेले १६ अंक जोडे। सिनियर गर्ल्सको उपाधि भिडन्तमा दीक्षालयले काष्ठमण्डप विद्यालयलाई २३-१० ले हरायो। दीक्षालयकी पेम्बा शेर्पाले १२ स्कोर गरिन्।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रोशन र पेम्बा ‘मोस्ट भेलुएबल’ प्लेयर घोषित भए। स्टाफमा आयोजक युरोले उपाधि चुम्यो। युरोले फाइनलमा त्रिज्योतिलाई २१–१८ ले पाखा लगायो। युरोका सेसिल चक्रधर मोस्ट भेलुएबल प्लेयर चुनिए। विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, युरोकी प्रबन्ध निर्देशक/प्रिन्सिपल शैलजा अधिकारी, युरोकी भाइस प्रिन्सिपल एन्जेला तामाङ लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। भदौ ६ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १८ तथा गर्ल्समा १२ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १८ भाद्र २०७९ ०१:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App