२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

नेपालद्वारा केन्यालाई १७६ रनको विजयी लक्ष्य

फाइल तस्बिर।

ज्ञानेन्द्र मल्लको अर्धशतकीय इनिङमा नेपालले पाँचौँ टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट खेलमा घरेलु टोली केन्यालाई १ सय ७६ रनको लक्ष्य दिएको छ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनायो।

पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रनको अर्धशतकीय इनिङ खेले। ज्ञानेन्द्रको यो टी-ट्वान्टी अन्तराष्ट्रियमा दोस्रो अर्धशतक हो।

यस्तै रोहित पौडेलले ४७ रन बनाए भने अर्जुन साउद २९ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी २२ रनमा आउट भए।

आदिल आलमले ७ बलमा ४ रन तथा पवन सरार्फले २ बलमा १ रन बनाए। विवेक यादबले २ बलमा २ रन बनाए तथा करण केसीले २ बलमा २ रनका साथ अविजित रहे।

केन्याका शेम एन्गोचे, भिराज पटेल र निहिमिह्या ओढियाम्हो २-२ विकेट लिए। लुकास ओलुओचले १ विकेट लिए।

प्रकाशित: १४ भाद्र २०७९ ११:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App