२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

केन्याले दियो नेपाललाई मध्यम विजयी लक्ष्य

फाइल तस्बिर।

चौथो टी-ट्वान्टी अन्तराष्ट्रियमा क्रिकेट खेलमा केन्याले नेपाललाई जितका लागि १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १ सय १ रन बनायो।

केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए। कोलिन्स अबुयाले २० रन बनाए भने कप्तान शेम एन्गोचेले १३ रन जोडे। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

केन्यालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए।आदील अन्सारीले २ तथा साहब आलम र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।  

प्रकाशित: १३ भाद्र २०७९ ११:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App