२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

केन्याले दियो नेपाललाई १ सय ५७ रनको विजयी लक्ष्य

केन्याले तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि १ सय ५७ रनको लक्ष्य दिएको छ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रनमा रोकियो। केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले।

पटेलले ४३ बलमा अविजित ७३ रन बनाए । यस्तै करिम ५५ रनमा अविजित रहे। उनले ४७ बल खेले।  कोलिन्स ओबुयाले १८ रन जोड्दा सुखदिप सिंहले ८ रन जोडे।

नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले १/१ विकेट लिए ।

प्रकाशित: १२ भाद्र २०७९ ११:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App