केन्याले तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि १ सय ५७ रनको लक्ष्य दिएको छ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रनमा रोकियो। केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले।
पटेलले ४३ बलमा अविजित ७३ रन बनाए । यस्तै करिम ५५ रनमा अविजित रहे। उनले ४७ बल खेले। कोलिन्स ओबुयाले १८ रन जोड्दा सुखदिप सिंहले ८ रन जोडे।
नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले १/१ विकेट लिए ।
प्रकाशित: १२ भाद्र २०७९ ११:४४ आइतबार