coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पाकिस्तानी फुटबल: देश छाडेकाबाट पुनर्जीवित हुने सपना

डनकास्टर रोभर्स बेलेसकी नाडिया खानले पाकिस्तानी राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गर्नका लागि आवश्यक काजगी प्रक्रिया पूरा गरेकी छिन्।

मिडफिल्डर खान सेप्टेम्बर पहिलो साता (भदौ २१) बाट काठमाडौंमा सुरु हुने महिला साफ च्याम्पियनसिपको लागि पाकिस्तानी टोलीसँग जोडिनेछिन्। पाकिस्तान यसै साफमार्फत अन्तर्राष्ट्रिय फुटबलमा आठ वर्षपछि पुनरागमन गर्दै छ। तेस्रो पक्षको हस्तक्षेपका कारण फिफा निलम्बन गत महिना मात्र फुकुवा भएपछि पाकिस्तान लामो समयपछि फुटबलमा फर्किएको हो। खानले वशंजका आधारमा पाकिस्तानको नागरिकता प्राप्त गरेसँगै महिला राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन्। उनी पाकिस्तानबाट फुटबल खेल्ने पहिलो ब्रिटिस–पाकिस्तानी महिलासमेत बन्नेछिन्।

निलम्बन फुकुवालगत्तै पाकिस्तानले महिला टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो। लामो समय अन्तर्राष्ट्रिय फुटबलबाट अलग रहेको पाकिस्तान फुटबल संघ (पिएफएफ) का लागि महिला खेलाडी बटुल्दै बन्द प्रशिक्षण सुचारु गर्न सहज थिएन। खानले पहिलोपटक राष्ट्रिय टोलीबाट खेल्न लागेको भए पनि उनको उपस्थिति पाकिस्तानका अन्य महिला खेलाडीका लागि उत्प्रेरणा पनि बन्नेछ। पाकिस्तानी महिला फुटबल टोलीले पछिल्लो पटक सन् २०१४ मा खेलेको थियो। पाकिस्तानले हालै मात्र पुरुष र महिला राष्ट्रिय फुटबल टोलीका लागि समान तलब सुविधा दिने निर्णय गरेको थियो।

जसबाट महिलालाई खेलकुदमा ल्याउन बन्देज गरिएको भन्दै आरोप खेप्दै आएको पाकिस्तानले लैंगिक समानताको उदाहरणसमेत दिएको छ। प्राविधिक रूपमा निकै चुस्त खान अहिले उच्च लयमा छिन्। जुन पाकिस्तानका लागि अर्को उपहार हुनेछ। २१ वर्षिया खान लिड्स युनाइटेड गल्र्स सेन्टरकी उत्पादन हुन्। जसले सन् २०१८ देखि डनकास्टर रोभर्सबाट व्यावसायिक फुटबल खेलिरहेकी छन्। पिएफएफले शनिबार मात्र मारिया खानको कप्तानीमा साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको थियो।

गोलकिपरबाट फुटबल यात्रा सुरु गरेकी मारियाले आफूलाई अहिले सफल मिडफिल्डरको रूपमा तयार पारेकी छन्। अमेरिकामा जन्मिएकी मारियाले युनिभर्सिटी अफ डेनभरमा फुटबल यात्रा सुरु गरेकी थिइन्। जहाँबाट उनी उच्च शिक्षाका लागि संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी थिइन्। युएईमा उनले स्थानीय क्लबबाट फुटबल यात्रा निरन्तरता दिइन्।

पाकिस्तानले महिला साफ च्याम्पियनसिपका लागि टोली बनाउँदा पाकिस्तानी मुलुकका विदेशी नागरिकमध्ये एक हुन्। पाकिस्तानले सन् २०१४ की कप्तान हजारा खानलाई भने यसपटक नेतृत्वको जिम्मेवारी दिएको छैन।

पाकिस्तानले मलिका ई नुरलाई उपकप्तानको जिम्मेवारी दिएको छ। पाकिस्तानले पछिल्ला पटक अन्तर्राष्ट्रिय फुटबल खेल्दाको टोली रहेकामध्ये अहिले हजारा, ई नुर, निशा अर्साफ, रोशन अली, सहार जमान र मपारा साहिद मात्र छन्। समूह ‘ए’ मा रहेको पाकिस्तानले भारत, माल्दिभ्स र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। भारत पनि शुक्रबार मात्र निलम्बन फुकुवा हुँदै अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको हो। समूह ‘ए’ मा भने आयोजक नेपालसहित श्रीलंका र भुटान छन्।

प्रकाशित: १२ भाद्र २०७९ ००:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App