४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

आइटिएफ तेक्वान्दो संघ प्रदेश १ को अध्यक्षमा पुनः कार्की

आइटिएफ तेक्वान्दो संघ प्रदेश १ को नवनिर्वाचित पदाधिकारी। तस्बिरः नागरिक

आइटिएफ तेक्वान्दो संघ प्रदेश १ को अध्यक्षमा प्रवीणकुमार कार्की पुनः निर्विरोध निर्वाचित भएका छन्। विराटनगरमा भएको दोस्रो अधिवेशनबाट कार्की निर्विरोध अध्यक्ष चयन भएका हुन्।

अधिवेशनबाट कार्कीसहित ११ सदस्य समिति निर्विरोध निर्वाचित भएका हो। उपाध्यक्षमा चतुरलाल चौधरी र राजेन्द्र धिमाल, सचिव चन्द्रबहादुर तामाङ, कोषाध्यक्ष ओमकुमार श्रेष्ठ चयन भएका हुन्। त्यस्तै, सदस्यहरूमा जितन थापा, प्रलाद राउत, वीरबहादुर तामाङ, विक्रम लिम्बू, केरिसा आचार्य, आयुषा तामाङ र दिलन राई रहेका छन्।

कार्यक्रममा प्रदेश १ को खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले समाज हुँदै राष्ट्रको पहिचानका लागि खेलाडीले दीगो भएर लाग्नुपर्छ। उनले खेलाडीले आफ्नो क्षमताअनुसारको योगदान गर्दै राष्ट्रको पहिचानका लागि खेलिरहेका छन्। ‘खेलाडीले राष्ट्रका लागि खेले पनि राष्ट्र सुतेरका कारण अपेक्षाकृत खेल्न सकेका छैनन्,’ सदस्यसचिव वाग्लेले भने, ‘राज्य जस्तो प्रकारको सहयोग हुनु पर्ने हो। त्यो राज्यले दिन सकेको छैन।’

पोखरामा हुन लागेको ९औं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दोबाट बढी मेडल जित्ने आशा गरेको बताउँदै, सदस्यसचिव वाग्लेले भने, ‘राष्ट्रिय प्रतियोगितालाई विशेष ध्यानमा राख्दै कसरी अन्य प्रदेशभन्दा बढी पदक जित्न सकिन्छ भनेर लागी परिरहेका छौं। छनौट र बन्दसत्रका लागि थोरै समय रहे पनि खेलाडीलाई बन्दसत्रमा राख्ने र पदक हासिल गर्ने योजना रहेको छ।’ प्रदेशबाट गएका कुनै पनि खेलाडीले पदक जिते नगद राशिसहित विशेष सम्मान गर्ने योजना रहेको उनले बताए।  

नवनिर्वाचित अध्यक्ष कार्कीले तेक्वान्दो खेलको विकास गरेर अगाडि बढ्ने बताए। राज्यले खेलकुद क्षेत्रमा पर्याप्त बजेट विनायोजन नगरेको कारण खेल क्षेत्रपछि परेको उनले बताए।

प्रकाशित: ३ भाद्र २०७९ १३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App