२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

घरेलु टोली भारतलाई साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधि

फाइनलमा बंगलादेशलाई ५-२ गोल अन्तरले पराजित गर्दै घरेलु टोली भारतले साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको हो।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार फाइनल खेलमा भारतलाई जिताउन गुर्किरात सिंहले ह्याट्रिकसहित ४ गोल गरे भने हिमान्सु जाङ्राले एक गोल गरे। पराजित बंगलादेशका मोहमद रोजन र शाहीम मियाले समान एक/ एक गोल गरे।  

खेल सुरु भएको दोस्रो मिनेटमै गुर्किरात सिंहले पेनाल्टीमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए। तर, ४५ औं मिनेटमा मोहमद रोजनले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याए।खेलको ४८ औं मिनेटमा शाहीम मियाले गोल गर्दै बंगलादेशलाई २-१ गोलको अग्रता दिलाए।

खेलको ६० औं मिनेटमा गुर्किरातले व्यक्तिगत दोस्रो गोल भारतलाई २-२ गोलको बराबरीमा ल्याए।त्यसपछि खेलको निर्धारित ९० मिनेटमा थप गोल भएन र खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा भारतले लगातार तीन गोल थप्यो ।खेलको ९२ औं मिनेटमा हिमान्सु जान्ग्राले गोल गर्दै भारतलाई ३-२ गोलको अग्रता दिलाए। ९३ औं मिनेटमा गुर्किरातले गोल गर्दै ह्याट्रिक गोल गर्दा भारत ४-२ गोलले अघि रह्यो । त्यसपछि खेलको ९९ औं गुर्किरातले व्यक्तिगत चौंथो गोल गर्दै भारतलाई ५-२ गोल अन्तरले जित दिलाए।

प्रकाशित: २१ श्रावण २०७९ ०६:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App