१६ चैत्र २०८० शुक्रबार
खेल

राष्ट्रिय टोली पहिलो प्राथमिकता: कुलिबेली

यसै सिजन मात्र इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीमा अनुबन्धित कालिडोउ कुलिबेलीले आफूलाई सेनेगलबाट फुबटल खेल्न कसैले पनि रोक्न नसक्ने दाबी गरेका छन्।

उनी नेपोलीबाट चेल्सी भित्रिएका थिए। नेपोलीका अध्यक्षले राष्ट्रिय टोलीको खेल रहँदा पनि क्लब फुटबलमै केन्द्रित हुन चाहने खेलाडीलाई मात्र क्लबमा स्वागत गर्न तयार रहेको प्रतिक्रिया दिएका थिए। त्यसप्रति सेनेगलका कप्तान कुलिबेलीले आपत्ति जनाएका छन्।

‘मेरो अगाडि अफ्रिकी खेलाडीको कुरा नगर्नुहोस्,’ नेपोलीका अध्यक्ष औरेलियो डी लाउरेन्टिसले भनेका थिए, ‘म पनि उनीहरूलाई क्लबमा चाहन्छु तर उनीहरूले कि अफ्रिका कप अफ नेसन्स रोज्नुपर्‍यो कि त क्लब फुटबल। त्यस्तै दक्षिण अमेरिकी खेलाडीहरू पनि विश्वकप छनोट र कोपा अमेरिकाका कारण लामो समय क्लब फुटबलबाट बाहिर रहन्छन्। उनीहरू कहिल्यै पनि क्लबका लागि उपलब्ध हुँदैनन्। यसै वर्ष सेनेगललाई अफ्रिका कप अफ नेसन्सको उपाधि जिताएका कुलिबेलीले नेपोली छोड्दै स्टामफोर्ड ब्रिज भित्रिएका थिए।

तर उनको नेपोलीबाट स्पामफोर्ड ब्रिज सरुवा भने सुखद रहेन। ‘मलाई कसैले पनि अफ्रिका कप अफ नेसन्स खेल्न रोक लगाएन,’ उनले भने, ‘कसैले मेरो म्यानेजरसँग भने कुरा गरेको हुनुपर्छ। तर म सेनेगलको कप्तानको रूपमा म अफ्रिका कप अफ नेसन्स दौरान राष्ट्रिय टोलीको जिम्मेवारीमा रहनेछु त्यसपछि मात्र म क्लब फुटबलमा ध्यान दिन्छु।’ कुलिबेलीले स्टामफोर्ड ब्रिजमा चार वर्षको सम्झौता गरेका हुन्।

‘कसैले पनि एउटा खेलाडीलाई राष्ट्रिय टोलीबाट खेल्न नजा भन्न सक्दैन,’ कुलिबेलीले भने, ‘मेरो राष्ट्रिय टोलीप्रति मेरो उच्च सम्मान छ। त्यस्तै क्लबप्रति पनि मेरो उच्च सम्मान छ। कसैले मलाई रोक्ने प्रयास गरेमा म विद्रोह गर्नेछु। हामीले राष्ट्रिय टोली र क्लब फुटबललाई प्राथमिकतामा राखेका छौं। सबैले सबैलाई सम्मान गर्न आवश्यक छ।’

एन्टोनियो रुडिगर र आन्द्रियास क्रिस्टेनसन बाहिरिएपछि चेल्सीले कुलिबेलीलाई भिœयाएको हो। ‘मैले चेल्सीमा २६ नम्बरको जर्सी लगाउनेछु, जुन क्लबका महान् खेलाडी जोन टेरीले लगाउने गर्दथे,’ कुलिबेलीले भने, ‘यो मेरा लागि क्लबले गरेको विश्वास हो।’ कुलिबेलीले प्रिमियर लिगमा आफ्ना लागि यो नयाँ सिजन भए पनि आफूले शतप्रतिशत दिने बताए। ‘मेरा लागि यो नयाँ लिग हो, त्यसैले अभ्यस्त हुन केही समय लाग्न सक्छ,’ उनले भने, ‘म आफ्नो शतप्रतिशत दिएर क्लबको च्याम्पियन बन्ने लक्ष्य सार्थक पार्न चाहन्छु।’

प्रकाशित: २१ श्रावण २०७९ ०२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App