१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

निडरतापूर्वक खेल्न सके सफलता: नुरुल

बंगलादेशका कार्यवाहक कप्तान नुरुल हसनले जिम्बाब्वेसँग निडरतापूर्वक खेल्न सके मात्र ट्वान्टी–२० क्रिकेटमा टिमको खराब रेकर्ड सुधार गर्न सकिने बताए।

बंगलादेशले ट्वान्टी–२० क्रिकेट फर्म्याटमामा पछिल्ला १३ खेलमा मात्र एक जित निकालेको छ। विकेट किपर नुरुललाई हरारेमा हुने तीन खेलको ट्वान्टी–२० क्रिकेट शृंखलाका लागि कप्तानको जिम्मेवारी सुम्पिएको छ। महमुदुल्लाह रियादको स्थानमा आगामी महिना सकिब अल हसनलाई पूर्णकालीन रूपमा बंगलादेशको कप्तानीको जिम्मेवारी सुम्पिने आकलन गरिएको छ। टेस्टका कप्तान सकिब व्यक्तिगत कारण देखाउँदै अहिले टोलीबाहिर छन्। महमुदुल्लाह र मुस्फिकर रहिमलाई पनि आराम दिइएको छ। मुस्फिकर वेस्ट इन्डिजविरुद्धको शृंखलामा पनि बाहिर रहने आकलन गरिएको थियो।

तथापि, उनी जिम्बाब्वेसँगको एकदिवसीय खेलदेखि नै बंगलादेशको टोलीमा फर्किने भएका छन्। यस पटक बंगलादेश ट्वान्टी–२० मा तमिम इकबालबिना उत्रिंदै छ। इकबालले ट्वान्टी–२० क्रिकेटबाट संन्यास लिए पनि उनी बंगलादेश क्रिकेटको एकदिवसीय टोलीका कप्तान हुन्। ‘एकदिवसीय क्रिकेटका तुलनामा टेस्ट र ट्वान्टी–२० मा हामी केही पछाडि छौं। हामीले यस पटक सुधार गर्नुपर्ने आवश्यकता छ,’ ढाकामा नुरुलले भने,‘सबैभन्दा महत्त्वपूर्ण निडरतापूर्वक क्रिकेट खेल्न जरुरी छ। हामीले यसपटक यो तरिकाले खेल्नुपर्छ। त्यसपछि मात्र सकारात्मक नतिजा आउने सम्भावना उच्च हुन्छ।’

असफलता मिल्ने भयका साथ खेल्दा खराब असर पर्ने नुरुलले भने। तीव्र गतिका बलर हसन महमुद जसले १६ महिना अगाडि पछिल्लो अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए, उनी ट्वान्टी–२० र एकदिवसीय क्रिकेटको टोलीमा परेका छन्। चोटबाट पूर्ण फिट भएपछि उनी बंगलादेशको दुवै टोलीमा परेका हुन्। ओपनर परभेज हुसेन पनि पहिलो पटक टोलीमा समावेश हुँदा मेहिदी हसन टेस्ट र एकदिवसीय टोलीका नियमित सदस्य हुने देखिएका छन्। उनी आगामी जुलाई ३०–३१ र अगस्ट २ मा हुने ट्वान्टी–२० क्रिकेटमा पनि पर्न सक्छन्। देशमा क्रिकेटको खराब स्थितिपछि जिम्बाब्वे घरेलु मैदानमा हुने ह्वाइट बल क्रिकेटमा फर्कने प्रयासमा छ। सन् २०१६ को ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानसँग स्तब्ध भएपछि जिम्बाब्वे पुनः अफगानी टोलीसँग स्तब्ध भएको छ।

घरेलु मैदानमा एकदिवसीय र ट्वान्टी–२० क्रिकेटको दुवै शृंखलामा जिम्बाब्वे अफगानिस्तानसँग ३–० ले स्तब्ध भएको थियो। जसका कारण प्रशिक्षक लालचन्द राजपुतले आफ्नो जिम्मेवारी गुमाउनुपर्‍यो। जिम्बाब्वेकै पूर्व स्टार ब्याट्सम्यान डेभ होजटनले जिम्बाब्वेको प्रशिक्षकका रूपमा दोस्रो करियर सुरु गर्दै छन्। ‘हामी निकै उत्साहित छौं। किनकि हामी केही नयाँ गर्ने प्रयासमा छौं,’ जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजाले भने, ‘हामी अस्ट्रेलिया जसरी नै स्थापित हुन चाहन्छौं। केही कारण हामी पछिल्लो समय बाहिर थियौं। मुख्य प्रतियोगितामा पुग्ने हाम्रो लक्ष्य छ।’ बंगलादेश र जिम्बाब्वेबीच हरारे स्पोर्ट्स क्लब मैदानमा एकदिवसीय खेल हुनेछन्।

प्रकाशित: १४ श्रावण २०७९ ०२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App