१९ असार २०८१ बुधबार
image/svg+xml
कला

रहेनन् पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष भट्ट

नेपाल पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष कर्णदेव भट्टको ७६ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मधुमेह र उच्चरक्तचापबाट पीडित उनको भीमदत्त नगरपालिका-६ स्थित आफ्नै निवासमा आइतबार राति निधन भएको हो।

रासस सञ्चालक समितिका पूर्वसदस्य भट्ट कञ्चनपुरबाट प्रकाशित फारवेस्ट टाइम्स दैनिकका पूर्वसम्पादक थिए। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनको मङ्गलबार अन्त्येष्टि गरिने पत्रकार रुद्रराज पनेरुले बताए।

-रासस 

प्रकाशित: १७ असार २०८१ ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App