५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नेपाली र भण्डारीलाई स्वर्ण

स्वर्ण पदकका साथ दीपेन्द्रबहादुर नेपाली र प्रतिज्ञा भण्डारी।

नेपालका दीपेन्द्रबहादुर नेपाली र प्रतिज्ञा भण्डारीले विश्व तेक्वान्दो कल्चर एक्स्पोमा आइतबार स्वर्ण पदक जितेका छन्।

कोरियाको मुजुमा जारी विश्व तेक्वान्दो कल्चर एक्स्पोको १५औं संस्करणमा दीपेन्द्रले फाइटतर्फ सिनियर पुरुष ८० केजीमाथि तौलसमूहमा स्वर्ण जितेका हुन्। उनले फाइनलमा भारतीय खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जिते। उनी पुम्से विधामा पनि स्वर्ण पदक जित्न सफल भए।

प्रतिज्ञा भण्डारीले पनि फाइट र पुम्सेमा गरी दोहोरो स्वर्ण जितिन्। राष्ट्रिय टोलीकी पूर्वसदस्य समेत रहेकी प्रतिज्ञाले ७० केजीमाथिको फाइनलमा इजिप्टकी खेलाडीलाई हराउँदै स्वर्ण हात पारिन्। प्रतिज्ञाले अर्को स्वर्ण पुम्से विधामा हासिल गरिन्। दीपेन्द्र चितवन र प्रतिज्ञा विभागीय टोली त्रिभुवन आर्मीका खेलाडी हुन्। 

प्रकाशित: ९ श्रावण २०७९ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App