३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

नासिर र डुवानाको राष्ट्रिय कीर्तिमान

१०औं एनएसए कप खुला तथा उमेर समूह प्रतियोगितामा नासिर हुसेन र डुवाना लामाले नयाँ कीर्तिमान राख्न सफल भएका छन्।

नेपाल पौडी संघको आयोजनामा मंगलबार सम्पन्न प्रतियोगितामा नासिरले एक सय मिटर ब्याक स्ट्रोक एक मिनेट ४.४६ सेकेन्डमा पूरा गर्दै कीर्तिमान रचेका हुन्। यसअघि सो कीर्तिमान तेन्जिनको नाममा रहेको थियो। तेन्जिनले हिट चरणमा सो दूरी पूरा गर्न एक मिनेट ५.८७ सेकेन्ड समय खर्चिएका थिए।

नासिरले एक मिटर बटर फ्लाईमा ५९.६० मा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान राखेका हुन्। उनले सन् २०२१ मार्च १९ मा सिंगापुरमा सम्पन्न ५१औं सिंगापुर उमेर समूह आमन्त्रण २०२१ मा सायद हम्जा शाहले राखेको ५९.९४ सेकेन्डको कीर्तिमान तोडेका हुन्।

यस्तै डुवानाले आफैंले हिट चरणमा कायम गरे को ३५.८९ सेकेन्डको समयमा सुधार गर्दै ३५.८३ को नयाँ किर्तिमान कायम गरेकी हुन्।

डुवानाले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा सन् २०१९ को २५ सेप्टेम्बरमा भारतको बैंगलोर मा सम्पन्न एसियन उमेर समूह च्याम्पियनसिपमा राखेको ३५.९४ सेकेन्डको कीर्तिमानमा सुधार गर्दै ३५.८९ सेकेन्डका नयाँ किर्तिमान कायम गरे की हुन्।

प्रकाशित: २९ असार २०७९ ०६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App