६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

प्रदेश सरकारले गर्‍यो खेलाडीलाई सम्मान

प्रदेश १ सरकारले पहिलो पटक ओलम्पिक, एसियन र साफमा प्रतिनिधित्व गरेका खेलाडीलाई आइतबार विराटनगरमा सम्मान गरेको छ।

प्रदेश १ खेलकुद विकास बोर्डमार्फत प्रदेश सरकारले ओलम्पिक, एसियन र साफ प्रतियोगितामा सहभागी भएका १ सय ८७ जना खेलाडीलाई सम्मान गरेको छ। २०३० सालदेखि ओलम्पिक, एसियन र साफमा प्रदेशबाट अहिलेसम्म खेलेका खेलाडीहरुको सम्मान गरिएको हो।  

हालसम्म प्रदेश १ बाट ओलम्पिक खेलमा ६ जना, एसियन खेलमा ४० जना र साफमा १ सय ४१ जना सहभागी खेलाडी सम्मानित भएका हुन्। ओलम्पियनतर्फ बक्सिङमा धरानका नरेन्द्र पुमा (१९८० मस्को), एथलेटिक्समा मोरङका पुष्पराज ओझा (१९८४ लस एन्जलस), एथलेटिक्समा झापाकी मेनुका राउत (१९८८ सोल), सुटिङमा सुनसरीका टीकाराम श्रेष्ठ (२००४ एथेन्स), एथलेटिक्समा झापाका डम्बर कुँवर (१९८८ सोल) र एथलेटिक्समै इलामकी प्रमिला रिजाल (२०१२ लण्डन) मा सहभागी भएका खेलाडीहरु सम्मानित भए।  

विराटनगर र काठमाडौंको २ वटा निजी अस्पतालसँग सहकार्य गर्दै खेलाडी र तिनका आश्रित परिवारको उपचार निःशुल्क गर्ने सम्झौता भएको छ। अहिलेसम्म ओलम्पिक, एसियन र साफ खेलमा सहभागी भएका खेलाडी तथा उनको परिवारका सदस्यलाई ५ वर्षसम्म निःशुल्क उपचार सेवा उपलब्ध हुने गरी सम्झौता भएको हो। स्वास्थ्य सेवाको उपचार पाउने गरी विराटनगरको नोबेल शिक्षण अस्पताल र काठमाडौंको काठमाडौं मेडिकल कलेजबीच सम्झौता भएको छ।

प्रकाशित: १९ असार २०७९ १४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App