२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

दुवै पुलिसले सफलता दोहोर्‍याए

विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबले बाग्मती प्रदेश न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगितामा बुधबार पनि जित निकालेका छन्।

कीर्तिपुरको बहुउद्देश्यीय कर्भडहलमा बुधबार भएको दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले परोपकार महिला होस्टेललाई सोझो सेटमा पराजित गर्दै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दा अर्को खेलमा एपिएफले आयोजक न्यु डायमन्डलाई हराउँदै लगातार दोस्रो जित निकालेको हो। निकै कमजोर देखिएको परोपकार नेपाल पुलिस क्लबसँग २५–६, २५–६, २५–११ को सोझो सेटमा पराजित भएको हो।

लगातार दोस्रो खेलमा पनि जित निकालेको नेपाल पुलिसले दुई खेलबाट ६ अंक जोडेको छ। यता दोस्रो खेलमा पनि पराजित भएको परोपकार अंकविहीन छ। यसअघि मंगलबार भएको खेलमा पुलिसले न्यु डायमन्ड एकेडेमीलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो भने परोपकार सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग सोझो सेटमा हारेको थियो।

प्रतियोगिताअन्तर्गत बुधबार नै भएको अर्को खेलमा अर्को विभागीय टोली एपिएफले आयोजक न्यु डायमन्ड एकेडेमीलाई पनि सोझो सेटमा स्तब्ध बनायो। पहिलो सेटबाट नै हाबी भएर खेलेको एपिएएफले न्यु डायमन्डलाई २५-१२, २५-२०, २५-१४ को सेटमा हराएको हो। यस जितसँगै एपिएफले पनि दुई खेलबाट तालिकामा स्पष्ट अंक जोड्न सफल भएको हो। एपिएफको पनि तालिकामा ६ अंक भएको छ।

राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार प्राप्त गर्ने आयोजकले बताएको छ।

यस्तै, चौथो हुने टोलीले ७५ हजार रूपैयाँ प्राप्त गर्नेछन्। यस्तै, व्यक्तिगत विधातर्फको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र विधागत तर्फको उत्कृष्टले १० हजार रूपैयाँ पाउनेछन्। प्रतियोगितामा बिहीबार पनि दुई खेल हुनेछन्। दिनको पहिलो खेल परोपकार गर्ल्स होस्टल र आयोजक न्यु डायमन्ड एकेडेमी तथा दोस्रो खेल नेपाल पुलिस क्लबर  एपिएफबीच प्रतिस्पर्धा हुनेछ।  

प्रकाशित: १६ असार २०७९ ०५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App