१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

प्रदेश स्तरीय बास्केटबल र पौडी हुँदै

विराटनगरमा प्रदेश स्तरीय थ्री बाई थ्री बास्केटबल र पौडी प्रतियोगिता हुने भएको छ। विराटनगरको एभरेष्ट कलेजले प्रदेश स्तरीय बास्केटबल र पौडी प्रतियोगिता आयोजना गर्ने भएको हो। 

आइतबार पत्रकार सम्मेलन गर्दै कलेजका प्रमुख टीकाराम पुरीले विद्यार्थीलाई लक्षित गर्दै प्रदेश स्तीयर बास्केटबाल र पौडी प्रतियोगिता आयोजना गर्न लागेको बताए। उनले कलेजमा भएको बास्केटबल कोर्ट र स्वीङ पुलमा एससई दिएर बसेका विद्यार्थीहरुबीच प्रतियोगिता आयोजना गरिएको हो।

‘दुवै इभेन्टका विजयी खेलाडीहरुले एभरेष्टमा पढ्न चाहे उनीहरुलाई छात्रवृत्ति पाउने छन्,’ कलेजका प्रमुख पुरीले भने, ‘खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यका साथ एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै प्रतियोगिता आयोजना गरेको हो।’ एसइई दिएर बसेका विद्यार्थीको खाली समयलाई सदुपयोग गरेका हो। खाली समयमा अन्यत्र ध्यान नजाओस् र खेलकुदका माध्यमबाट विद्यार्थीहरुको व्यक्तित्व विकास गर्दै खेलकुद क्षेत्रकोसमेत विकास हुने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको हो,’ पुरीले भने।  

असार १७ गते बास्केटबल र असार २४ गते पौडी प्रतियोगिता कलेज परिषरमै हुनेछ। बास्केटबलमा प्रदेशका १२ वटा कलेजको सहभागिता रहेको विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्सालले बताए। विराटनगरको एभरेस्ट, बिकेभिएम, डनबक्सको, सगरमाथा कलेज, सुन्दरहरैँचाको ब्राइटफ्युचर एकेडेमी, इटहरीको हिमशिखर स्कुल, धरानको होलिल्याण्ड इन्टरनेशनल,चिल्ड्रेन एकेडेमी, नवज्योति स्कुल, विर्तामोडको टावर टेम्पल स्कुललगायतको सहभागिता रहेको छ।  

बास्केटबलको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने टिमले नगद २० हजार रुपैयाँको साथै ट्रफि र मेडल प्राप्त गर्ने छन्। मोरङ पौडी संघको प्राविधिक संयोजनमा प्रतियोगिता हुन लागेको प्रशिक्षक इन्द्रजीत राजभण्डारीले बताए। पौडीको ५०, १ सय र २ सय मिटरको फ्रिस्टाल इभेन्टमा प्रतियोगिता हुनेछ। प्रत्येक इभेन्टका प्रथमले नगद १० हजार, द्वितीयले ७ हजार र तृतीयले ३ हजार रुपैयाँ प्राप्त गर्ने छन्। पौडीमा १ सय जना छात्रछात्राको सहभागिता रहने छ।

प्रकाशित: १२ असार २०७९ १३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App