१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

गण्डकी प्रदेश भलिबल संघ गठन, अध्यक्षमा गुरुङ सर्वसम्मत

संघीय संरचनासँगै गण्डकी प्रदेश भलिबल संघ गठन गरिएको छ। गण्डकी प्रदेशका ११ वटै जिल्लामा जिल्ला भलिबल संघ गठनपछि शुक्रबार प्रदेश भलिबल संघ गठन गरिएको हो। प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधि सहभागिता भएपनि प्रदेश भलिबलको पदाधिकारमा स्याङजा जिल्लाको बर्चस्व रह्यो।  

नवगठित संघको नेतृत्व नविन गुरुङले जिम्मेवारी लिएका छन्। सर्वसम्मत अध्यक्ष बनेका गुरुङ स्याङजाका हुन्। उपाध्यक्षमा पर्वतका हरिबहादुर श्रेष्ठ, महासचिवमा स्याङजाका टहलसिंह थापामगर, कोषाध्यक्षमा स्याङजाकै जीवन भण्डारी र सचिवमास बाग्लुङका सोमबहादुर पोबी(यामु) रहेका छन्। कार्यकाल चारवर्षको हुनेछ।  

सदस्यहरुमा बाग्लुङका कमला श्रीस, कास्कीका रमेश श्रेष्ठ तथा राजेन्द्र जिसी, लमजुङका नवराज गुरुङ, नवलपुरका गजेन्द्र वन, गोरखाका राजबावु श्रेष्ठ, म्याग्दीका गंगा केसी रहेका छन्। भलिबल संघको प्राविधिक संयोजकमा नारायणबहादुर भण्डारी र प्रशिक्षकमा रमेश केसी रहेका छन्। नेपाल भलिबल संघले असार १० गतेभित्र गण्डकी प्रदेशका सबै जिल्ला भलिबल संघ गठन गरिसक्ने र असार १० गते नै प्रदेश भलिबल संघ गठन गर्ने निर्णय गरेको थियो।  

प्रदेश भलिबल संघ गठन समारोहलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले उदघाटन गर्दै भलिबलको विकासको लागि प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता गरे। मन्त्री गुरुङले संघ गठनसँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारीमा जुट्न समेत आग्रह गरे। उनले मन्त्रालयको तर्फबाट सबै जिल्लालाई ५÷५ थान भलिबल समेत हस्तान्तरण गरेका थिए। उदघाटन समारोहमा महिला भलिबलमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै शुभकन्या गुरुङलाई सम्मानित गरिएको छ।  

प्रकाशित: १० असार २०७९ १०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App